गैरआवासीय नेपाली संघको आगामी महाधिबेशनका लागि आइसीसी उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका वर्तमान युवाउपाध्यक्ष राजु रेग्मी राजले ८ संकल्प ल्याएका छन् ।
एनआरएनए अभियानमा सक्रिय रेग्मीले आफ्नो उम्मेदवारीसँगै आफ्ना संकल्प तथा उद्घोष सार्वजनिक गरेका हुन् ।
कतारमा कर्मथलो बनाएका रेग्मी एनआरएनएमाझ परिचित मात्र छैनन्, एनआरएनएमा परिणाममुखी काम गर्ने व्यक्तिका रुपमा पनिआफुलाई स्थापित गराएका छन् । उनले आफू विजयी भएको दिनदेखि नै चुनावको बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न लागि पर्नेबताएका छन् ।
‘मेरा प्रतिवद्धताहरुलाई घोषणा पत्रमा मात्रै सीमित नराखेर यहाँहरुले दिएको अख्तियारीको फैसलाको दिनबाटनै कार्य सुभारम्भ गर्ने प्रणगर्दछु’, आफूलाई निर्वाचित गराउन अपिल गर्दै रेग्मीले आफ्ना संकल्प आम डेलिगेट्सलाई सार्वजनिक गरेका छन् ।
सबैको साथ र सहयोगको पूर्ण विश्वासका साथ आगामी अक्टोवर १७ देखि २० तारिख सम्म काठमाडौँमा सम्पन्न हुन गइरहेको ११महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको रेग्मीले जनाएका छन् । ‘हाम्रो यो पबित्र अभियान एवं हाम्रो मातृभूमिको हितको लागिमैले बनाएर हिडेंका कार्ययोजना र प्रतिवद्धतालाई सफल र परिणाममुखी बनाऊन यहाँहरु सवैको साथ र सहयोगको लागि हार्दिकअपील गर्दछु’, रेग्मीले भनेका छन् ।
रेग्मीका ८ संकल्प :
१, सम्बृद्ध नेपालका लागि लगानी तथा पर्यटन प्रवद्र्धन
२,व्यवस्थित, मर्यादित र सुरक्षित वैदेशिक रोजगार
३,हाम्रो,राम्रो र प्रविधिमैत्री एनआरएनए
४,महिला,युवा र नयाँ पुस्ताको सशक्तिकरणःएनआरएनएमा रुपान्तरण
५,सम्बृद्ध नेपालका आधारः नागरिकता र मताधिकार
६,प्राविधिक शिक्षा तथा युवा स्वरोजगार
७, एनआरएनएको वैज्ञानिक परिभाषा एवं पारदर्शिता
८, नेपाली कला संस्कृतिको प्रवद्र्धन तथा जगेर्ना