राङभाङ समाज यूकेको २७ अप्रिल २०२४ मा भएको तेस्रो साधारण सभा तथा अधिबेशनबाट श्री सारदा गुरुङ को अध्यक्षता मा नयां कार्यसमिति चयन गरेकोछ । स्याङ्जा समाज युकेका सस्थापक अध्यक्ष समेत भै सकेका गुरुङलाइ सबैले आफ्नो समाजको पनि नेतृत्व गरेर समाजलाइ मजबुद बनाउने अनुरोध संगै सारदा गुरुङ संस्थाको नेतृत्व लिन तयार भएका हुन ।
स्याङ्जा समाज यु के को संस्थापक अध्यक्ष , साहारा यु के का बरिस्ठ उपाध्यक्ष समेत रहेका गुरुङ दर्जन भन्दा बढि सामाजिक संस्थाहरुमा संम्लग्न छन्। स्याङ्जा समाज यु के लाइ स्थापना संगै संस्थालाइ एउटा उत्कृष्ट सामाजिक संस्थाको रुपमा चिनाउन सफल भएका थिए, स्याङ्जा का बिभिन्न ठांउहरुमा परेका हरेक दुखमा स्याङ्जा समाज यु के मार्फत र स्याङ्जा समाज अन्तरास्ट्रीय समन्वय समिति मार्फत कोरोना समयमा गरेको सहयोग स्मरणीय छ्। संस्थागत कामलाइ आफ्नै काम मानेर गर्ने सारदा गुरुङ संस्थामा आर्थिक पारदर्शिता भए मात्र संस्था राम्रो हुने र सस्था चलाएमान गराउन सजिलो हुने बताउछन, गुरुङ एन आर एन ए यु के का सल्लाहकार समेत हुन,