आइतबार , कार्तिक २, २०८३
राप्रपा र राप्रपा नेपालबीच एकता सम्झाैतामा हस्ताक्षर, अँगालोमा बेरिए थापा र लिङ्देन – Deurali Khabar
A+AA–

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता सम्झाैतामा हस्ताक्षर भएको छ ।  धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा अध्यक्ष कमल थापाले एकतासम्बन्धी सम्झाैतामा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर पछि दुवै नेताले अंकमाल गरेका थिए । राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाका अनुसार जेन–जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई ध्यानमा राखेर पार्टी एकता भएको हो ।

एकीकरणपछि थापाको हैसियत के हुने भन्नेबारे स्पष्ट भइसकेको छैन । ‘अहिले नेतृत्वबीचमै सहमतिअनुसार एकता भएको हो । गिभ एण्ड टेक केही भएको छैन । पूर्वअध्यक्षले पाउने हैसियतअनुसार अघि बढ्ने कुरा छ’, बर्ताैलाले भने ।

निर्मल निवासले धोका दिएको भन्दै थापाले राप्रपाबाट अलग भएर नयाँ पार्टी निर्माण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP