बहु-प्रतिभाशाली गायक तथा लेखक घनश्याम रिजालको तीज गीत अब त मैसानु रैन बजारमा ….. – Deurali Khabar

 

लोक संगीत तर्फ छुट्टै छबि र बहु-प्रतिभाशाली गायक तथा लेखक घनश्याम रिजाल चोलेन्द्र पौडेल, र गायिका लक्ष्मी बानियाँको सुमधुर आवाजमा ”अब त मै सानु रैन ” गीत बजारमा ल्यायका छन्। यस  गीतमा बर्तमान देशको परिस्थिति र युवाहरुको बिदेश प्रतिको आक्रर्षण देखाउदै बिदेश नै जाने भाब ब्यक्त गरेका छन

अहिलेको युवा युवतीलाई सुहाउँदो शब्द चयन भएको र समय अनुसारको गीत भएको हुनाले दर्शक श्रोताले राम्रो प्रतिक्रिया दिने गायक गायिका को दावी छ। यस गीतको भिडियो, डाईरेक्सन र कोरियोग्राफी होम गुरुङले गरेका छन्।

यस गीतमा लय पशुपति शर्माको रहेको छ शब्द घनश्याम रिजालले लेखेका छन , म्युजिक एरेन्ज विनोद बाजुरेलीले गरेका छन्। मिक्सिङ्ग खडक बाजुरेली, सिनेमेटोग्राफी दुर्गा पौडेलले गरेका छन् भने उक्त भिडियोको ईडिटर प्रकाश धमला रहेका छन्।

मोडल तथा कलाकार लोमश शर्मा, अस्मिता रानापल, अभिषेक गुरुङ र सरिता धनकुटीको बेजोड नित्य प्रस्तुति सो भिडियोमा देख्न सकिने छ। यस गीतको रेकर्डिङ मालाश्री स्टुडियो पुतली सडकमा गरिएको हो। घनश्याम रिजाल नामक यूटुब च्यानलबाट रिलिज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP