
४ मंसिर, इलाम । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले देश सही दिशातर्फ अघि बढिरहेको बताएका छन् । नयाँ संविधान जारी भएर दोस्रो पटक भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुनु भनेको देश सही दिशा तर्फ अघि बढिरहेको उनको भनाइ थियो ।
इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका नेम्बाङलेमहेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।



निर्वाचनले संविधानको कार्यान्वयन र संघीयताको अभ्यास सफल बन्दै गएको भन्दै उनले यस्तो कार्यले देशलाई अग्रगमनतर्फ लैजाने र राम्रो निष्कर्षमा पुर्याउने विश्वास व्यक्त गरे ।
आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन अझै आवश्यक रहेको बताउँदै उनले निर्वाचित जनप्रतिनिधि र सरकारले देशलाई त्यस दिशातर्फ अघि बढाउनुपर्नेमा जोड दिए ।