कार्यक्रममा गाउन बेलायत झिकाइएकी नेपालकी एक गायिका यतै लुकिदिएपछि स्पोन्सर गर्ने संस्था होम अफिस (गृहमन्त्रालय) माउजुरी गर्न बाध्य भएको छ ।
गत २८ मेमा बेलायत आएकी स्याङ्जाली गायिका सीमा गुरुङ (नानु) पूर्व निर्धारित कार्यक्रम सकिएपछि ५ सेप्टेम्बर मंगलबार फर्कनु पर्नेथियो ।
३१ वर्षीया गायिकाको रिटर्न टिकट कतार एयरवेजमा ५ सेप्टेम्बर अपरान्ह ४ बजे हिथ्रो टर्मिनल फोरबाट थियो । उनीसंगै आएका गायकश्यामबहादुर राना मंगलबारै फर्किए पनि सीमा भने बेलायतमै हराएकी छन् ।
गत ११ मे, २०२३ मा युके इन्ट्री क्लियरेन्स भीसा पाएकी सीमाको भीसा अवधि नोभेम्बर ११ सम्म छ । तर, जुन कार्यक्रम प्रयोजनकालागि आएको हो त्यो सकिएपछि फर्कनुपर्नेमा उनी यतै लुकेको श्रोतले बताएको छ ।
स्पोन्सरले सीमा नफर्किएपछि आफ्नो समेत रेकर्ड बिग्रने भन्दै युके बोर्डर एजेन्सीलाई खवर गरेको बताइएको छ । आफु लाइ उजुरीपरेको थाहा पाएपछि बोलाउने संस्थालाइ उल्टै धम्की दिएकी छन, उनले आफ्नो फेसबुक स्टाटसमा अपसब्द प्रयोग गर्दै धम्कीको भाषाप्रयोग गरेकी छन, एन आर एन ए यु के एपोन्सरमा बेलायत आएकी ति गायीकालाइ कार्यक्रमको ब्यबस्थापन भने स्याङ्जा समाज युके ले गरेको थियो, स्पोन्सर गर्ने ती व्यक्तिले सीमालाई कहीं कतै भेटेमा बोर्डर एजेन्सीलाई खवर दिन पनि आग्रह गरेका छन् एक दुइजना कलाकार ले गर्दा सबै कलाकार लाइ हेर्ने नजर फरक भएको स्याङ्जा समाज यु के ले जनाएको छ, अब कलाकार बोलाउने किनबोलाउने भन्ने बिषय सोचनिय बनेको स्याङ्जा समाज यु के ले जनाएको छ,