सिरुबारी गाउँ यूकेको कार्यसमितिले पुर्णता पायो, सहयोग बाट झन्डै ५ लाख बचत – Deurali Khabar

सिरुबारी गाउँ यूकेको कार्यक्रमबाट झन्डै ५ लाख  बचत

लन्डन । दक्षिण एसियाको पहिलो होमस्टे गाउँ सिरुबारीबाट बेलायत आई बसोबास गरिरहेका नेपालीहरुको संस्था सिरुबारी गाउँ यूकेको दसैं, तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सोहि कार्यक्रममा डेबिड गुरुङ को अध्यक्षता रहेको कार्यसमितिले पनि पुर्णता पाएको छ, 

साउथ ह्यारोस्थित स्पोर्ट्स एन्ड सोसियल क्लबमा शनिबार ११ अक्टुबरका दिन दसैं, तिहार कार्यक्रम सम्पन्न भएको हो । सिरुबारी गाउँ यूकेका अध्यक्ष डेभिड गुरुङ र ज्येष्ठ सदस्य निर्मला गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । उद्घाटनपछि नेपालको राष्ट्रिय गान गाइएको थियो ।

कुशल सञ्चालक महासचिव धनबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा समाजका पितृहरू साथै देशका दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेर सामूहिक प्रार्थना गरिएको थियो । नेपालबाट आएका प्रख्यात कलाकारद्वय जुनाश्रीस मगर र तीलक गुरुङका साथ सबैले बुद्ध प्रार्थना गाएर कार्यक्रमलाई भावनात्मक र धार्मिक वातावरणमा रंगिन तर अलग विशेषता भएको माहोल सिर्जना गरिएको आयोजकले जनाएको छ । कलाकारहरूको प्रस्तुतिसँगै उपस्थित समुदायले पितृहरूलाई सामूहिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सोही कार्यक्रमको अवसरमा कार्यसमितिलाई पूर्णता दिइएको थियो । कार्यसमिति अध्यक्षमा डेभिड गुरुङ, उपाध्यक्षहरूमा नवराज गुरुङ र तेजमान गुरुङ, धनबहादुर गुरुङ महासचिव, रङ्गना गुरुङ कोषाध्यक्ष चयन भएका छन् ।

सदस्यहरुमा सन्तोष गुरुङ, कृष्ण गुरुङ, सुजन गुरुङ र नवीन गुरुङ चयन भएका छन् । त्यस्तैगरी विजयबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ, प्रकाश गुरुङ र तोरण गुरुङ सल्लाहकारमा चयन भएका छन् भने महिला चेलीबेटीको संयोजक जेकी गुरुङ चयन भएकी छन् ।

उक्त दिनमा डा.संयोग गुरुङ, सिनियर म्यानेजर रङ्गना गुरुङ, कर्पोरल पुकार गुरुङ र डब्लूओवान वसन्त गुरुङ, चार्टर्ड एकाउन्ट सुचित्रा गुरुङ, सिनियर वार्ड सिस्टर सृष्टी गुरुङ र डा. विनय गुरुङ ज्वाईंलाई समाजद्वारा सम्मान गरिएको थियो ।

जुनसुकै कार्य गर्दा पनि आर्थिक पक्षको ठूलो भूमिका हुन्छ । सिरुबारी नासाको यो पहिलो कार्यक्रममा आफ्नो जन्मभूमि र माटोलाई माया गर्ने व्यक्तित्वहरू (सदस्यहर र चेलीबेटीहरू)ले खुलेर समाजलाई सहयोग गरेका छन् । उक्त दिनको कार्यक्रम खर्च १ हजार ६४० पाउन्ड भुक्तानी गरेर २ हजार ७०६ पाउण्ड अर्थात झन्डै ५ लाख बचत  भएको अध्यक्ष डेबिट गुरुङले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP