बिहिबार , भाद्र १८, २०८३
नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ – Deurali Khabar

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाको खेल ‘टाइ’ (बराबरी) मा टुंगिएको छ ।

पहिलो खेलमा ओमानसँग पराजित नेपालले दोस्रो खेलमा आयोजक टोली अमेरिकासँग बराबरी गर्दै अंक बाँडेको हो ।

अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा आज बिहान सकिएको खेलमा नेपालका अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि खेल बराबरीमा टुंगिएको हो ।

जितको लागि २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन मात्रै बनायो ।

अमेरिकालाई अन्तिम ओभरमा ६ रन चाहिँएको अवस्थामा आदिल अन्सारीले पाँच रन खर्चिदै खेल ‘टाइ’ गराए । अन्तिम ओभरको पाँचौ र छैटौं बलमा अमेरिकाका दुई जना व्याट्सम्यान आउट भएपछि खेल टाइ भयो । खेलमा अमेरिकाको लागि स्टेभेन टेलरले ११४, मोनाङ्क पटेलले ८५, आरोन जोन्सले २६, सुशान्त मोदानीले १७ तथा राहुल जरिवालाले १० रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

नेपालका आदिल अन्सारीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा आलआउट हुनुपूर्व २ सय ७४ रन जोडेको थियो ।

नेपालका रोहित पौडेलले ६२ रन बनाउँदा आसिफ शेखले ६१ रन तथा देव खनालले ५४ रन जोडे । यस्तै, कुशल भुर्तेल १९ रन आउट भए भने कप्तान सन्दीपले १० रन बनाए ।

अमेरिकाका रस्टी थेरनले ४, अलि खान र सौरभ नेत्रभाल्करले २/२ तथा निसर्ग पटेल र यासिर मोहम्मदले १/१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP