सोमबार , माघ ७, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर शाह विदेश भ्रमणमा – Deurali Khabar

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) विदेश भ्रमणमा गएका छन् । उनी परिवारका सदस्य र निकटस्थसँगै निजी भ्रमणका सिलसिलामा इन्डोनेसियाको भ्रमणमा गएका हुन् । मेयरमा निर्वाचित भएपछि यो नै उनको पहिलो विदेश भ्रमण भएको जनाइएको छ ।

बालेनको सचिवालयका अनुसार उनी २५ पुसमा नेपाल फर्किनेछन् । भ्रमण व्यक्तिगत रहेकाले कुनै सरकारी भेटवार्ता र कामकाज नहुने सचिवालयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP