भेन्टिलेटर थन्काएर निजीमा विरामी रिफर गर्छ प्रादेशिक अस्पताल – Deurali Khabar

७ फागुन, जनकपुरधाम । शुक्रबार बिहान धनुषाको शहीदनगर नगरपालिका–५ का शंकर कापरका अढाइ वर्षीय छोरा कृष्ण पानी जमेको खाल्डोमा खसे । त्यहाँबाट निकालेर जनकपुर प्रादेशिक अस्पताल पुर्याउँदा भेन्टिलेटरमा राख्नुपर्ने भनियो । ‘डाक्टरले अवस्था गम्भीर छ, यहाँ भेन्टिलेटर खाली नभएकाले काव्य अस्पताल लैजानुस् भन्नुभयो,’ कापर भन्छन् ।

डाक्टरले निजी अस्पतालको नामै लिएर त्यहाँ लैजान भनेपछि आर्थिक रुपमा कमजोर उनी अप्ठ्यारोमा परे । आफन्तसँग सल्लाह गर्दा काव्यभन्दा जनकपुरकै भ्रमरपुरचोकमा रहेको स्वस्ती अस्पताल अलि सस्तो भनेर छोरालाई त्यतै दौडाए । र पनि, निकै ढिला भएछ, अस्पतालले साँझ ७ बजे बालकको मृत्यु भएको बताउँदै ५० हजार रुपैयाँको बिल थमाइदियो ।

‘पैसा नतिरी छोराको शव पनि नदिने भन्यो’, आँखाभरी आँशु पार्दै कापरले भने, ‘प्रादेशिक अस्पतालमै भेन्टिलेटर पाएको भए मेरो बेटा (छोरो) मर्ने थिएन ।’

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालमा आईसीयू बेड नपाउने शंकर एक्लो होइनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP