बिहिबार , भाद्र १८, २०८३
साढे २ महिनापछि गौतमबुद्ध विमानस्थलबाट जजिराको उडान पुन: सुरु – Deurali Khabar

२५ फागुन, बुटवल । साढे दुई महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले उडान सुरु गरेको छ ।

कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ ।

जेठ २ गते विमानस्थल उद्घाटनसँगै सोही दिनबाट उडान सुरु गरेको जजिराले मौसमको कारण देखाउँदै पुस ६ (२१ डिसेम्बर) देखि उडान रोकेको थियो ।

यसअघि जजिराले फेब्रुअरी २ तारिखदेखि उडान सुरु गर्ने आश्वासन दिए पनि उडान भएको थिएन ।

अन्तर्राष्ट्रिय उडान रोकिंदा विमानस्थललाई लक्षित गरेर होटेललगायत पर्यटन क्षेत्रमा भएको ४० अर्ब बढी लगानीले प्रतिफल पाउन नसकेको भन्दै व्यवसायीहरु चिन्तित बनेका थिए ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुन: सञ्चालन गराउन जिल्लाका सांसदले प्रतिनिधि सभा वैठकमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

व्यवसायीहरुले विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल एअरलाइन्सले पनि उडान गर्नुपर्ने माग गर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ ।

एउटा एयरलाइन्सको हप्ताको तीनवटा मात्र उडानले विमानस्थल दीगो रुपमा सञ्चालन हुन नसक्ने भन्दै व्यवसायीले अन्य एयरलाइन्सलाई आकर्षित गर्न नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गरेका हुन् ।

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा महिनाको ३० लाखसम्म घाटा हुने गरेको प्रवक्ता झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP