मंगलबार , माघ २९, २०८१
घनश्याम रिजालले पाए बिन्दबासिनि म्युजिक अवार्ड – Deurali Khabar

२३ बैशाख, शनिबार ।
काठमाडौं– शुक्रवार काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ का विजेतालाई पुरस्कृत गरिएको छ । यो बर्षको सर्बोत्कृस्ट लोक दोहोरी गीतको अवार्ड सुन्य भयो डाडैको चौर गीत मार्फत घनश्याम रिजालले प्राप्त गरेका छन, रामजी खांण र अन्जु पन्तको आवाजको रहेको यो गीत रिजालले सृजना गरेका हुन् ।

घनश्याम रिजालका घर सुन्य भो, बाख्रा पालम्ला जस्ता सामाजिक यथार्थपरक बिषयबस्तुमा लेखिएका र रिजाल गाएका गीत अझ रुचाइएका छन, अ्मिलो रसैले, सरसर , तिम्रो पछ्यौरी, पुतली रेलैमा (रत्तेउली) ओइ माया, ढल्के बरको छायाले, बम्बैको साडी, हुन हुनि थियोर मलाइ, प्यार प्यार, डालीमा बसेको चरी, जन्मघर माइतैमा, डाली रित्तै भो जस्ता धेरै सृजना हरु बजारमा रुचाइएका छन् ।

यसै गरि २०७९ मा बजारमा आएका गीत–संगीतका विभिन्न विधाका लागि विन्ध्यवासिनी फाउण्डेशनद्वारा राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं संस्करणको बिन्ध्यवासिनी म्यूजिक अवार्डमा संगीतकर्मीहरुलाई पुरस्कृत गरिएको हो ।

समारोहमा नेपाली सांगीतिक क्षेत्रमा अमूल्य योगदान पुर्याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपैयाँसहित विन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गरियो ।

समारोहमा नगद ५० हजार रुपैयाँसहित गायिका सुकमित गुरूङलाई विन्ध्यवासिनी संगीत साधना सम्मान २०७९ बाट सम्मानित गरियो भने लोकगायक झलकमान गन्धर्वको नाममा यसै वर्ष स्थापित झलकमान लोक सङ्गीत सम्मान २०७९ बाट नगद २५ हजार रुपैयाँसहित गायक बद्री पङ्गेनीलाई सम्मान गरिएको ।

समारोहमा दिवंगत गायक स्व. प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज सङ्गीत रत्न सम्मान २०७९ बाट गायक तथा संगीतकार भविन ढुङ्गाना तथा यस वर्षको विन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९ नगद २५ हजार रुपैयाँसहित नरेश भट्टराईलाई प्रदान गरिएको छ ।

विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा गीति संग्रह ‘नजर ३’ विमोचन गरिएको थियो भने उक्त संग्रहको सम्पूर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो। विन्ध्यवासिनी फाउन्डेसनले यसअघि नजर गिती संग्रहबाट सङ्कलित सम्पुर्ण आम्दानी आठ लाख १८ हजार दुई सय ५० रुपैयाँ दुई किस्ता गरी सोहि संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी गराइन् ।

अवार्ड विजेताहरु
१. सर्वोत्कृष्ट गीत
गीतको बोल गीतकार
छुटेपछि त छुट्यो दिपीका रिमाल थापा

२. सर्वोत्कृष्ट गायन पुरुष (सुगम संगीत)
गायक गीतको बोल
रुपक डोटेल तिमी बिना

३. सर्वोत्कृष्ट गायन महिला (सुगम संगीत )
गायिका गीतको बोल
जुनु रीजाल न दोष तिम्रो न दोष मेरो

४. सर्वोत्कृष्ट संगीत (सुगम संगीत )
संगीतकार गीतको बोल
इशवर अमात्य अघि बढे भेल बाढी

५. सर्वोत्कृष्ट रचना (सुगम संगीत )
गीतकार गीतको बोल
बि पाण्डे झुम्के बुलाकि

६. सर्वोत्कृष्ट महिला गीतकार (सुगम संगीत)
गीतकार गीतको बोल
प्रभा बर्तौला एउटा कथा

७. सर्वोत्कृष्ट पप गायन पुरुष
गायक गीतको बोल
संजीब सिंह आधा रातमा

८. सर्वोत्कृष्ट युगल गायन
गायक गायीका गीतको बोल
हिमाल सागर र अनु चौधरी ए होर माया

९. सर्वोत्कृष्ट एरेन्जर
एरेन्जर गीतको बोल
साहास शाक्य साथले तिम्रो

१०. सर्वोत्कृष्ट लोकदोहोरी गायन (पुरुष)
गायक गीतको बोल
विक्रम परियार पाखे

११. सर्वोत्कृष्ट लोकदोहोरी गायन (महिला)
गायिका गीतको बोल
सुनिता बुढा छेत्री रुदै रुदै नौतुना रेलैमा

१२. सर्वोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (दोहोरी)
डिरेक्टर गीतको बोल
स्मृति तिमल्सिना मकै पिस्ने जाँतो

१३. सर्वोत्कृष्ट लोक दोहोरी भाका
गीतको बोल संगीतकार
सन्तोष केसी गुल्मेली हुम कर
१४. सर्वोत्कृष्ट मोडल (लोक दोहोरी)
मोडल गीतको बोल
रुबिना अधिकारी र लोमस शर्मा बिउरीयो दुई दिने चोला

१५. सर्वोत्कृष्ट मोडल (आधुनिक)
मोडल गीतको बोल
कुमारी बराइली र बिमल अधिकारी दिलको डायरीमा

१६. सर्वोत्कृष्ट गीत (लोक दोहोरी)
रचना गीतको बोल
घनश्याम रिजाल सुन्य भयो डाँडैको चौर

१७. सर्वोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (आधुनिक)
डिरेक्टर गीतको बोल
रामजी लामिछाने एउटा कथा

१८. सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत
गीतको बोल गीतकार
हाम्रो देशको सिमाना अर्जुन कौशल

१९. सर्वोत्कृष्ट भिडियो सम्पादक (एडिटर)
सम्पादक गीतको बोल
प्रबिण भट्ट पिर

२०. सर्वोत्कृष्ट छाँयाकार (क्यामेरापर्सन)
छाँयाकार गीतको बोल
अजय रेग्मी सरानकोटको डाँडैमा

२१ं बिन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधक पुरस्कार
कौशिला खनाल कमाचार्य

पब्लिक च्वाइस अवार्ड: दिपेन्द्र तिमल्सिना
पपुलर अवार्ड: प्रकाश धमला
जुरी अवार्ड म्युजिक भिडियो डिरेक्टरतर्फ: काजीश श्रेष्ठ
जुरी अवार्ड गायनतर्फ: तेजस रेग्मी
जुरी अवार्ड अभिनयतर्फः बादल धिमिरे
जुरी अवार्ड संगीततर्फ: नरहरी प्रेमी
जुरी अवार्ड गीततर्फ: कमल सरगम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP