बिहिबार , भाद्र १८, २०८३
एमालेले मधेश सरकारलाई दिएको समर्थन लियो फिर्ता – Deurali Khabar

नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारबाट हटेको झण्डै डेढ महिना पश्चात एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो ।

सोमबार साँझ प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता तथा पूर्वमन्त्री सरोज यादवले जानकारी दिए ।

२७ पुसमा एमाले लगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता सरोजकुमार मुख्यमन्त्री बनेका थिए । सरकारमा चार मन्त्रालयसहित एमाले सहभागी बनेको थियो ।

केन्द्रमा समिकरण फेरिएपछि गत चैत २२ गते मुख्यमन्त्रीको दबाबमा एमालेका मधेश सरकारका चार मन्त्रीले राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएका थिए ।तर समर्थन फिर्ता लिएको थिएन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP