बिहिबार , भाद्र १८, २०८३
१३ घण्टापछि सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु – Deurali Khabar

पाल्पा : शनिबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको छ। झण्डै १३ घण्टापछि एकतर्फी खुलेको हो।

 

 

तानसेन-बुटवल सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गअन्तर्गत  सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

पहिरो गए राति करिब १० बजे खसेको हो। आइतबार बिहान साढे ११ बजे राजमार्ग एकतर्फी रूपमा सुचारु भएको छ। दुइवटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ।

पहिरो ठूलो खसेको हुँदा पूर्णरूपमा कतिबेला सुचारु हुन्छ भन्ने यकिन नभएको थापाले बताए। राजमार्ग अवरुद्ध भएपछि गए रातिदेखि सयौंको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका थिए।

कैयौं यात्रु गन्तव्यमा पुग्न नसकेर बीच  बाटोमै अलपत्र परेका थिए। एकतर्फी सुचारु भएपछि रोकिएका यात्रु गन्तव्यतर्फ जान पाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP