शुक्रबार , भाद्र १९, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा – Deurali Khabar

२१ साउन, काठमाडौं । दक्षिण अफ्रिकालाई २-० ले हराउँदै नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्याण्ड्सलाई क्वार्टरफाइनलमा पुर्‍याउन जिल रुडले नवौं तथा लिनेश बीरेन्स्टेनले ६८औं मिनेटमा गोल गरे

समूह चरणको अन्तिम खेलमा इटालीलाई पराजित गरेको भए पनि दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सविरुद्ध त्यो प्रदर्शन दोहोर्‍याउन सकेन ।

नेदरल्याण्डसले अब अब स्पेनको सामना गर्ने छ । तर उसले अनुभवी मिडफिल्डर डेनियल भान डे डोङ्क बिना स्पेनको सामना गर्नुपर्नेछ । उनले प्रतियोगितामा लगातार दोस्रो पहेँलो कार्ड पाउँदै स्पेनसँगको खेल गुमाउने भएकी हुन् ।

स्वीट्जरल्याण्डलाई ५-१ ले पराजित गर्दै स्पेनले प्रिक्वार्टरफाइनलमा सानदार खेल प्रस्तुत गरेको थियो । तर त्यो प्रदर्शनबाट आफूहरु नडराएको नेदरल्याण्ड्सका प्रशिक्षक एन्ड्रिस जोन्करले बताएका छन् । उनले आफूहरु सबैलाई हराउन सक्छौं भन्ने विश्वासका साथ महिला विश्वकपमा आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग

स्याङ्जा सहयोग समाजको समन्वयमा बाढी प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग


TOP