शुक्रबार , भाद्र १९, २०८३
डुरान्ड कप : अन्तिममा गोल खाँदा आर्मी बराबरीमा रोकियो – Deurali Khabar

२४ साउन,  काठमाडौं । भारतमा भइरहेको प्रतिष्ठित फुटबल प्रतियोगिता डुरान्ड कपमा नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी एफसी दिल्ली एफसीसँग बराबरीमा रोकिएको छ ।

समूह ई अन्तर्गत मंगलबार गुहावाटीमा भएको खेलमा आर्मीले अन्तिम समयमा गोल खाँदा खेल १-१ को बराबरीमा सकिएको हो ।

खेल सकिन दुई मिनेट अघि आर्मीले गोल खाएको हो । खेलको ३९औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

तर अन्तिम समयमा दिल्लीले गोल फर्काउँदा आर्मी ३ अंक जोड्नबाट बन्चित रह्यो ।

दिल्लीका लगि ८८औं मिनेटमा गरिक घोस्लाले बराबरी गोल गरे ।

आर्मीले अब दोस्रो खेल आईएसएल क्लब चेन्नाइयीनसँग अगष्ट १४ र हैदरवादसँग अगष्ट २२ मा खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग

स्याङ्जा सहयोग समाजको समन्वयमा बाढी प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग


TOP