मंगलबार , माघ २९, २०८१
डुरान्ड कप : अन्तिममा गोल खाँदा आर्मी बराबरीमा रोकियो – Deurali Khabar

२४ साउन,  काठमाडौं । भारतमा भइरहेको प्रतिष्ठित फुटबल प्रतियोगिता डुरान्ड कपमा नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी एफसी दिल्ली एफसीसँग बराबरीमा रोकिएको छ ।

समूह ई अन्तर्गत मंगलबार गुहावाटीमा भएको खेलमा आर्मीले अन्तिम समयमा गोल खाँदा खेल १-१ को बराबरीमा सकिएको हो ।

खेल सकिन दुई मिनेट अघि आर्मीले गोल खाएको हो । खेलको ३९औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

तर अन्तिम समयमा दिल्लीले गोल फर्काउँदा आर्मी ३ अंक जोड्नबाट बन्चित रह्यो ।

दिल्लीका लगि ८८औं मिनेटमा गरिक घोस्लाले बराबरी गोल गरे ।

आर्मीले अब दोस्रो खेल आईएसएल क्लब चेन्नाइयीनसँग अगष्ट १४ र हैदरवादसँग अगष्ट २२ मा खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP