
काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आतंक मच्चाउने भैँसी नियन्त्रणमा लिइएको छ । शरीरमा ‘८ नम्बर’ लेखिएको र दाहिने सिङ भाँचिएको भैंसी बस्तीमा पसेपछि स्थानीय त्रसित भएका थिए ।
भैँसी बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र समेत पसेकामा डिभिजन वन कार्यालयको टोलीले डार्ट प्रयोग गरेर नियन्त्रणमा लिएको छ ।



कसैले मार हान्न खोजेको अवस्थामा सो भैंसी भागेको हुनसक्ने प्रहरीले बताएको छ ।