क्रिकेट कप्तान रोहितले भने : यात्रा अझ उत्कृष्ट हुँदै जारी रहनेछ – Deurali Khabar

१९ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिमका लागि एसिया कप एउटा सुरुवात रहेको भन्दै आगामी दिनमा यो भन्दा राम्रो प्रदर्शन गर्ने बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले एसिया कपबाट सुरु भएको यात्रा आगामी दिनमा जारी रहने लेखेका छन्  ।

‘यस प्रतियोगितामा हामीले आफ्नो तर्फबाट सक्दो उत्कृष्ट प्रदर्शन गर्ने कोशिस गर्‍यौं र यात्रा जारी छ । हामी आगामी प्रतियोगितामा योभन्दा अझ उत्कृष्ट प्रदर्शन गर्नेछौं’, रोहितले लेखे ।

एसिया कपको समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रन र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो । पाकिस्तानसँग राम्रो बलिङ गरेको नेपालले भारतसँग भने निडर ब्याटिङ गरेको थियो ।

नेपालका लागि ठूलो प्लेटफर्ममा प्रदर्शन गर्न पाउनु आफैंमा गर्वको कुरा भएको रोहितले लेखेका छन्, ‘राष्ट्रको नेतृत्व गर्दै एसिया कपमा सहभागी हुनु आफैंमा सम्मान र आनन्द सहितको एउटा ठूलो अनुभूति हो ।’

उनले नेपाली समर्थकलाई धन्यवाद पनि दिएका छन् । ‘यो अविश्वसनीय यात्रामा तपाईंको साथ, समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद’, नेपाली समर्थकलाई उनले लेखेका छन् ।

नेपाली टिम भोलि बुधबार दिउँसो स्वदेश फर्कने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP