स्याङ्जा समाज यु के को वार्षिक भेटघाट तथा बि बि क्यु कार्यक्रम सम्पन्न – Deurali Khabar
Trend

लण्डन।

स्याङ्जा समाज युकेले ८ जुनमा फार्नबरोको ग्रेन्ज स्कुलको प्राङगणमा भेट्घाट,बि• बि• क्यु• बिभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम, नेपालबाट आउनु भएका चर्चित कलाकार को साथ भब्य रुपमा मनाएको सस्थाका उपाध्यक्ष अनि कार्यक्रम संयोजक भक्त दर्जीले जानकारी दिएका छन्।

स्याङ्जा समाज युकेका सस्थापक अध्यक्ष तथा ट्र्स्टिज , सल्लाहकार, कार्यसमिति, आमा समूह लगायतका सदस्यहरुले अत्यन्तै उत्साहका साथ अबिस्मरणिय रुपमा कार्यक्रम सफल गर्नुका साथै नेपालका ख्याति प्राप्त लोक दोहोरी गायिका सबिना गुरुङ, बिमल परियार र मोडल तथा नृत्यकार रिना थापाको प्रस्तुतिमा उपस्थित सबैले भरपुर मनोरञ्जन गरेका थिए।

सप्रमुख अतिथि ले. कर्णेल रिटायर्ड श्री टोल खाम्चा र विशिष्ट अतिथि, सस्थाको स्थापना काल देखि नेपालमा रहेर पनि बेलायत संग दोहोरो भुमिका निर्वाह गर्ने ब्यक्तित्व मेजर रिटायर्ड श्री लक्ष्मि प्रसाद गुरुङलाई लाई वहाँहरुले सस्था प्रति दिएको अमुल्य समय महत्त्वपूर्ण योगदानलाई कदर गर्दै खादा फेटा तथा प्रमाणपत्रले अभिनन्दन गरिएको थियो भने अन्य सदस्यहरु जो अन्य संघ सस्थामा अध्यक्ष पद सम्हालेका एन आर एन ए युके प्रमुख संरक्षक स्याङ्जा समाज युकेको प्रमुख सल्लाहकार डेभिड गुरुङ, गैर आवासीय नेपाली संघका आई सि सि संरक्षक थर्क सेन लगायत अन्य विशिस्ट ब्यक्तिलाइ फेटा तथा श्रीमतीहरुलाई दोसल्ला र फुलको गुच्छा सहित अध्यक्ष भरत गुरुङ र प्रमुख अतिथी खाम्चाले सम्मान गरेका थिए भने नयाँ सदस्य हरुलाइ पनि स्वागत गरिएको थियो।

विभिन्न संघ सस्थाका अध्यक्षहरुमा चन्द्र बहादुर गुरुङ (कोल्मा बाहाकोट), जगदीश गुरुङ (सोपाल समाज), श्रीमती मन देवी गुरुङ आमा समुह, तेज गुरुङ (पेल्काचौर समाज), शान्ति कुमारी गुरुङ आमा समूह, सारदा गुरुङ (राङ्भाङ समाज), विरेन्द्र थापा (ज्याग्दी खोला समाज) धन काजी गुरुङ (नातागोता समाज) नारायण गुरुङ (वागे फड्के समाज) कृष्ण गुरुङ (सहारा युके) श्री गुरुङ राम्छे समाज, हरि गुरुङ फेदि खोला समाज, लक्ष्मण राना लोक दोहोरी युके, संरक्षक कुमार गुरुङ, मगर संघ युकेका संरक्षक घन थापा श्रीमती कृष्ण थापा, मगर संघ युकेका पुर्व अध्यक्ष सस्थाका सल्लाहकार सुनिल राना, प्रेम गुरुङ, नवीन गुरुङ, निवर्तमान महासचिव डा. बलराम ढकाल, बडि बिल्डिङका गंगा गुरुङ लगायतका दर्जनौं अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो।

अध्यक्ष गुरुङले उपस्थित सबै र यो कार्यक्रम सफल पार्न अहोरात्र खटिनु हुने संयोजक र सबै टिम, महिला अध्यक्ष हुम कुमारी गुरुङ र महिला टिम, म्युजिक सिस्टम, कलाकार, पत्रकार, विभिन्न गाउंले समाज, डेक‍ोरेशनका टिम, खानाको प्रबन्धक, स्पोन्सर गर्नु हुने सबै, फ‍‍ोटोग्राफर, राफल ड्र पुरस्कार प्रायोजक पहिलो पुरस्कारको लागि आशिर ज्वेलरी, दोस्रो पुरस्कार जय श्री कृष्ण ज्वेलरीलाई लगायत सम्पुर्ण प्रत्येक्ष अप्रत्यक्ष भौतिक आर्थिक सहयोग गर्नुहुने सबै सबैलाई धन्यबाद दिएका थिए।

औपचारिक कार्यक्रममा सस्थापक अध्यक्ष सारदा गुरुङ लगायत विभिन्न ब्यक्तिले शुभकामना मन्तव्य राखेका थिए भने सस्थाकै महासचिव राम राज शर्माले औपचारिक कार्यक्रम र सास्कृतिक कार्यक्रम जुनु विस्वकर्माले सन्चालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP