निश्चल दवाडीको ‘ कुरिनटारैमा ‘ बजारमा – Deurali Khabar
Trend
पछिल्लो समयमा युवा पुस्ताको मन मुटुमा बस्न सफल अनि प्यारो नाम हो निश्चल दवाडी ,
तनहुँको माटोले जन्माएको गायक दवाडी काठमाडौलाई कर्मथलो बनाउदै पछिल्लो एक दशक भन्दा लामो समयदेखि गित सङ्गितमा सक्रिय छन ।
उनै गायक निश्चल दवाडीको ‘ कुरिनटारैमा ‘ बोलको गीत सार्वजनिक भएको छ ।
मंगलबार सार्वजनिक भएको यो गीतको भिडियो ‘ निश्चल दवाडी ‘ युट्युव च्यानल मार्फत बजारमा आएको हो।
लोकदोहोरी गायक दवाडीको आफ्नै लय/शब्दमा सजिएको यस गीतमा अहिलेकी व्यस्त गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन ।
कुशल निर्देशक मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफरमा रहेको यस गीतको भिडियोमा निश्चल दवाडी, बाबू कृष्ण परियार, आरुसी मगर, जुना बिश्वकर्मा लगायतले अभिनय गरेका छन ।
यस्तै नवराज उप्रेतीले छायांकन गरेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका हुन, यता टेक्निकल पाटो राजेन्द्र अर्यालको रहेको छ ।
एक दिन अगाडी सार्वजनिक गरिएको यो गीत छोटो समयमा धेरै दर्शक श्रोताको रोजाइमा पर्न सफल भएको छ ।
युवामाझ ढुकढुकी बनेका गायक निश्चल दवाडीका यस अघिका ‘ सोल्टी बजारमा,’गोर्खे खुकुरी,’कश्मिरे पछ्यौरी,’गंगे गोठालो,’भिर मौरी भिरैमा,’बन्दगी, लगायत थुप्रै गीत सुपरहिट छन ।
आशा छ यो गीतले पनि धेरैको मन जित्नेछ, हाम्रो तर्फबाट धेरै धेरै बधाई अनि शुभकामना 🙏
भिडियो लिन्क 👇
https://www.youtube.com/watch?v=at9DzBSX-84&ab_channel=NischalDawadi

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP