बिहिबार , भाद्र १८, २०८३
निश्चल दवाडीको ‘ कुरिनटारैमा ‘ बजारमा – Deurali Khabar
पछिल्लो समयमा युवा पुस्ताको मन मुटुमा बस्न सफल अनि प्यारो नाम हो निश्चल दवाडी ,
तनहुँको माटोले जन्माएको गायक दवाडी काठमाडौलाई कर्मथलो बनाउदै पछिल्लो एक दशक भन्दा लामो समयदेखि गित सङ्गितमा सक्रिय छन ।
उनै गायक निश्चल दवाडीको ‘ कुरिनटारैमा ‘ बोलको गीत सार्वजनिक भएको छ ।
मंगलबार सार्वजनिक भएको यो गीतको भिडियो ‘ निश्चल दवाडी ‘ युट्युव च्यानल मार्फत बजारमा आएको हो।
लोकदोहोरी गायक दवाडीको आफ्नै लय/शब्दमा सजिएको यस गीतमा अहिलेकी व्यस्त गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन ।
कुशल निर्देशक मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफरमा रहेको यस गीतको भिडियोमा निश्चल दवाडी, बाबू कृष्ण परियार, आरुसी मगर, जुना बिश्वकर्मा लगायतले अभिनय गरेका छन ।
यस्तै नवराज उप्रेतीले छायांकन गरेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका हुन, यता टेक्निकल पाटो राजेन्द्र अर्यालको रहेको छ ।
एक दिन अगाडी सार्वजनिक गरिएको यो गीत छोटो समयमा धेरै दर्शक श्रोताको रोजाइमा पर्न सफल भएको छ ।
युवामाझ ढुकढुकी बनेका गायक निश्चल दवाडीका यस अघिका ‘ सोल्टी बजारमा,’गोर्खे खुकुरी,’कश्मिरे पछ्यौरी,’गंगे गोठालो,’भिर मौरी भिरैमा,’बन्दगी, लगायत थुप्रै गीत सुपरहिट छन ।
आशा छ यो गीतले पनि धेरैको मन जित्नेछ, हाम्रो तर्फबाट धेरै धेरै बधाई अनि शुभकामना 🙏
भिडियो लिन्क 👇
https://www.youtube.com/watch?v=at9DzBSX-84&ab_channel=NischalDawadi

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP