नेत्र खड्काको ‘आँधीखोले मायाको बोली’ बजारमा – Deurali Khabar
Trend
लोक तथा दोहोरी गायक नेत्र खड्काको ‘आँधीखोले मायाको बोली’ सार्बजनिक भएको छ ।
स्याङ्जाको माटोले जन्माएको गायक खड्का पोखरालाई कर्मथलो बनाउदै पछिल्लो एक दशक भन्दा लामो समयदेखि गित सङ्गितमा सक्रिय छन ।
उनै गायक नेत्र खड्काको ‘आँधीखोले मायाको बोली’ बोलको गीत सार्वजनिक भएको छ ।
सोमबार सार्वजनिक भएको यो गीतको भिडियो ‘नेत्र खड्का ‘ युट्युव च्यानल मार्फत बजारमा आएको हो।
भिरकोटका मुख्य पर्यटकीय ठाउँलाई भिडियो मार्फत प्रस्तुत गरिएको यस गीतमा गायक खड्काको लय अनि खड्का र दिपक कार्कीको शब्दमा सजिएको गीतमा गायिका मनु राना मगरले स्वरमा साथ दिएकी छन ।
ब्यस्त निर्देशक जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफरमा रहेको यस गीतमा जेरी भण्डारी, नेत्र खड्का, सलिना थापा, मनु राना मगरलगायतले अभिनय गरेका छन ।
यस्तै दिनेश पराजुलीले छायांकन गरेको भिडियो सम्पादन सुजन कोइरालाले गरेका हुन,
 सोमबार सार्वजनिक गरिएको यो गीत छोटो समयमा धेरै दर्शक श्रोताको रोजाइमा पर्न सफल भएको छ ।
लोक तथा दोहोरीगीत प्रतिस्ठान नेपाल , जिल्ला कार्यसमिति स्याङ्जाका अध्यक्ष समेत रहेका खड्काका यस अघिका ‘छड्के कपाल कोरी, पराईको डोली, भेट्न आउ है काली’ लगायत थुप्रै गीत सुपरहिट छन ।
आशा छ यो गीतले पनि धेरैको मन जित्नेछ, हाम्रो तर्फबाट धेरै धेरै बधाई अनि शुभकामना 🙏
भिडियो लिन्क 👇
https://www.youtube.com/watch?v=hEVP_CeO4UY&ab_channel=NetraKhadka

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP