नेत्र खड्काको ‘आँधीखोले मायाको बोली’ बजारमा – Deurali Khabar
लोक तथा दोहोरी गायक नेत्र खड्काको ‘आँधीखोले मायाको बोली’ सार्बजनिक भएको छ ।
स्याङ्जाको माटोले जन्माएको गायक खड्का पोखरालाई कर्मथलो बनाउदै पछिल्लो एक दशक भन्दा लामो समयदेखि गित सङ्गितमा सक्रिय छन ।
उनै गायक नेत्र खड्काको ‘आँधीखोले मायाको बोली’ बोलको गीत सार्वजनिक भएको छ ।
सोमबार सार्वजनिक भएको यो गीतको भिडियो ‘नेत्र खड्का ‘ युट्युव च्यानल मार्फत बजारमा आएको हो।
भिरकोटका मुख्य पर्यटकीय ठाउँलाई भिडियो मार्फत प्रस्तुत गरिएको यस गीतमा गायक खड्काको लय अनि खड्का र दिपक कार्कीको शब्दमा सजिएको गीतमा गायिका मनु राना मगरले स्वरमा साथ दिएकी छन ।
ब्यस्त निर्देशक जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफरमा रहेको यस गीतमा जेरी भण्डारी, नेत्र खड्का, सलिना थापा, मनु राना मगरलगायतले अभिनय गरेका छन ।
यस्तै दिनेश पराजुलीले छायांकन गरेको भिडियो सम्पादन सुजन कोइरालाले गरेका हुन,
 सोमबार सार्वजनिक गरिएको यो गीत छोटो समयमा धेरै दर्शक श्रोताको रोजाइमा पर्न सफल भएको छ ।
लोक तथा दोहोरीगीत प्रतिस्ठान नेपाल , जिल्ला कार्यसमिति स्याङ्जाका अध्यक्ष समेत रहेका खड्काका यस अघिका ‘छड्के कपाल कोरी, पराईको डोली, भेट्न आउ है काली’ लगायत थुप्रै गीत सुपरहिट छन ।
आशा छ यो गीतले पनि धेरैको मन जित्नेछ, हाम्रो तर्फबाट धेरै धेरै बधाई अनि शुभकामना 🙏
भिडियो लिन्क 👇
https://www.youtube.com/watch?v=hEVP_CeO4UY&ab_channel=NetraKhadka

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP