बिहिबार , भाद्र १८, २०८३
तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण – Deurali Khabar

संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ । समितिका संयोजक नवराज सुवेदी नेतृत्वको टोलीले बुधबार महाराजगन्जस्थित शिक्षण अस्पताल पुगी आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।  हस्तान्तरण कार्यक्रममा निर्देशक समितिका सदस्यहरू डा.प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतकाे पनि सहभागिता रहेको थियो ।

रमेशराज बास्तोलाको संयोजनमा लिजवन पोर्चुगलबाट उपलब्ध सहयोग उनीहरुले हस्तान्तरण गरेका हुन् । टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही  पनि उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP