स्याङ्जा स्रष्टा सदनले जिल्लामा सक्रियता बढायो – Deurali Khabar
Trend

स्याङ्जा १३ असार

स्याङ्जा स्रष्टा  सदनले न्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरेको छ । स्याङ्जामा जन्मिएका सम्पुर्ण गायक गायिका, लेखक एवम् कवि कलाकर्मीहरुको छाता सङ्गठन स्याङ्जा स्रष्टा सदनले आज विहिबार स्याङ्जाको लोक संस्कृति संरक्षणमा कलाकारको भूमिका विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम जिल्ला सदरमुकाम पुतलीबजारमा स्याङ्जा स्रष्टा सदनका अध्यक्ष पशुपति शर्माको अध्यक्षता मा गरेको हो ।

कार्यक्रमको समुद्घाटन गर्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले लोक संस्कृति हाम्रो अमूल्य सम्पत्ति भएको बताउनुभयो । उहाँले लोक संस्कृतिलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि हामी सबै आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो । आफ्नो कला र संस्कृतिलाई देश विदेशसम्म फैलाएर स्याङ्जेली कलाकर्मीहरुले महत्वपूर्ण भूमिका खेलेको नगरप्रमुख रेग्मीले उल्लेख गर्नुभयो । गाउनेले गाएर, लेख्ने क्षमता भएकाले लेखेर र अभिनय क्षमता भएकाले अभिनय कलाको माध्यमबाट लोक कला तथा संस्कृतिलाई बचाउँदै लगेको उहाँको भनाई थियो । लोक संस्कृति संरक्षणका लागि पुतलीबजार नगरपालिकाको साथ र सहयोग सधैं रहने विश्वास नगरप्रमुख रेग्मीले व्यक्त गर्नुभयो ।
बिशिस्ट अतिथि आंधिखोला गाउपालिकाका अध्यक्ष बिस्वनाथ पौडेलले स्याङ्जा स्रष्टा सदनले गर्ने हरेको सकारात्मक काममा पालिकाको साथ रहेको बताउदै आगामी कार्यक्रमको लागि बजेट बिनियोजन गरिसकेको बताए। कार्यक्रममा पुतली बजार नगर पालिकाको नगर उपप्रमुख देबी अर्याल, प्रमुख जिल्ला अधिकारी इस्वरी प्रसाद अर्याल, भरत प्रसाद लम्साल, नवराज सुबेदी लगायतले शुभकामना दिनुभएको थियो।
प्रशिक्षण कार्यक्रमको सहजिकरण लोक संस्कृसतविद डा.तुलसी प्रभास खनालले गर्नुभएको थियो । कार्यक्रममा कला र संस्कृति के हो, कलाकारिता र पारिवारिक सम्वन्ध, उत्प्रेरणा, सकारात्मक सोंच एवम् जीवनको महत्वलगायतका शिर्षकमा डा. प्रभासले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष एवम स्रष्टा सदनका संरक्षक पुरुषोत्तम न्यौपाने, अध्यक्ष पशुपति शर्मा, स्रष्टा सदनका उपाध्यक्ष शिव हमाल, स्रष्टा सदनका सदस्य राजन कार्की, माया गुरुङ, दिलिप मानन्धर, सगुन थापा, लक्ष्मण सिंह ठकुरी, पछिल्लो समयकी चर्चित मोडल तथा सदस्य अस्मिता रनपाललगायतको प्रस्तुतिले कार्यक्रमलाई सङ्गीतमय गराएको थियो ।
पुतलीबजार नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट पुस्तिका मा नै स्याङ्जा स्रष्टा सदनको नाममा बजेट बिनियोजन गरेको थियो। यसैगरी आगामी दिनहरुमा जिल्लाका ११ वटै पालिकामा निरन्तर ११ दिन पर्यटन र संस्कृति संगसंगै कार्यक्रम सञ्चालन गरिने स्याङ्जा स्रष्टा सदनका महासचिव घनश्याम रिजालले जानकारी दिए, सो कार्यक्रमको लागि पनि केहि पालिकाहरुले बजेट बिनियोजन गरिसकेको र सबैलाइ अनुरोध गर्ने जनाएको छ, अध्यक्ष पशुपति शर्माको अध्यक्षता मा सम्पन्न कार्यक्रममा बरिस्ठ उपाध्यक्ष शिव हमालले स्वागत मन्तब्य राखेका थिए भने सन्चालन महासचिव घनश्याम रिजालले गरेका थिए,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP