बिहिबार , भाद्र १८, २०८३
एनपिएलमा आज इलिमिनेटरको खेल हुँदै, भिड्दै छन् काठमाडौं र लुम्बिनी – Deurali Khabar

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज इलिमिनेटर खेल हुँदै छ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार दिउँसो ४ बजे काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्।

काठमाडौं अंक तालिकाको तेस्रो र लुम्बिनी चौथो स्थान हुँदै प्लेअफमा पुगेका थिए।

इलिमिनेटरमा जित्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ।

मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल पुगिसकेको छ।

पराजित भएको विराटनगरसँग आजको इलिमिनेटर जित्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ।

दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

लिग चरणको खेलमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो।

काठमाडौं गोर्खाजका कप्तान करण केसी हुन्।

टोलीमा करण केसी (कप्तान), मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर),सन्तोष यादव र सोनु देवकोटा समावेश छन्।

यो टोलीलाई नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक भारतका मोन्टी देशाइले प्रशिक्षण दिइरहेका छन्।

लुम्बिनी लायन्सको कप्तानको जिम्मेवारी रोहित पौडेलले सम्हालेका छन्। यस टोलीमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।

लुम्बिनीको प्रशिक्षकमा पनि भारतका टिनु योहान्नन छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP