बिहिबार , भाद्र १८, २०८३
गायक बाबुको ‘कश्मिरे पछ्यौरी’ लाई युट्युबमा १० करोड – Deurali Khabar

लोकदोहोरी गीत ‘कश्मिरे पछ्यौरी’ लाई युट्युबमा १० करोड पटक हेरिएको छ।

 

बाबुकृष्ण परियार र दीपिका बयाम्बुको स्वर रहेको गीत ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो। गीतले दर्शक-स्रोताको अत्यधिक माया पाउँदै युट्युबमा सय मिलियन भ्युजको सफलता प्राप्त गरेको हो।

आइतबार दिउँसोसम्म गीतको भ्युज १० करोड ३ लाखभन्दा बढी छ। १० करोड भ्यूज पार गर्नु आफैंमा ठूलो उपलब्धि मान्न सकिन्छ। यो गीत एक समय टिकटक, फेसबुकसहित अन्य डिजिटल प्लेटफर्ममा समेत व्यापक चर्चामा थियो।

यो गीत रिलिज हुनासाथ चर्चामा आएको भने होइन्। दुई महिनासम्म गीतको भ्युज २ लाख पनि पुगेको थिएन। जब श्रोता–दर्शकले मन पराएर गीतमा टिकटक र रिल्स बनाउन थाले, ती भिडिओ क्लिप हिट हुन थाले। अनि गीतको चर्चा बढ्दै गएको थियो।

निश्चल दवाडीको शब्द तथा संगीत रहेको गीतमा श्यामश्वेत रसाईलीको संगीत संयोजन छ। भिडिओमा बाबुकृष्ण परियार र केपिना गोतामेको अभिनय तथा नृत्य छ। मौसम हिमालीको कथा तथा निर्देशनमा भिडिओ बनेको हो।

नवराज उप्रेती र बुद्ध थापाको छायांकन रहेको भिडिओमा अमृत चापागाईँको सम्पादन छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP