बिहिबार , भाद्र १८, २०८३
थाइल्यान्डले बुलडोजर लगाएर भत्काइदियो कम्बोडियाको विष्णुको मूर्ति – Deurali Khabar

थाई सेनाले थाइल्यान्ड र कम्बोडियाको सीमामा रहेको भगवान् विष्णुको मूर्ति भत्काइदिएको छ।

एसियानेट न्युजका अनुसार थाई सैनिकहरूले बुलडोजर लगाएर विष्णुको मूर्ति तोडफोड गरेका हुन्। घटना यही डिसेम्बर २२ सोमबारको हो।

कम्बोडियाले मूर्ति आफ्नो क्षेत्रमा रहेको दाबी गर्दै थाइल्यान्डले अवैध रूपमा भत्काएको आरोप लगाएको छ।

कम्बोडियाको प्रेह विहार प्रान्तका सरकारी प्रवक्ता किम चानपान्हाले भने, ‘मूर्ति २०१४ मा थाई सीमाबाट लगभग १०० मिटर टाढा निर्माण गरिएको थियो।’

थाइल्यान्ड र कम्बोडियाबीच ६ महिनादेखि प्रेह विहार मन्दिर क्षेत्रका विषयमा विवाद भइरहेको छ।

यसै क्रममा गत जुनमा दुई देशबीच युद्ध सुरु भएको थियो। तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा युद्धविराम भएको थियो।

तर फेरि डिसेम्बरदेखि दुई देशबीच विवाद चर्किएको हो।

थाइल्यान्ड र कम्बोडियाबीच जारी द्वन्द्वमा परी अहिलेसम्म ४० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी मानिस भाग्न बाध्य भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP