बिहिबार , भाद्र १८, २०८३
झापा–५ मा तातिँदै चुनावी माहोलः दल र स्वतन्त्र दुवै पक्षका उम्मेद्वार घरदैलोमा सक्रिय – Deurali Khabar

आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा चुनावी गतिविधि तीव्र बनेको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू मतदाताको घरघरमा पुगेर सुझाव, समस्या र अपेक्षा बुझ्ने अभियानमा सक्रिय देखिएका छन् ।
विभिन्न पार्टिका नेता तथा कार्यकर्ताले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । मतदातासँग प्रत्यक्ष संवाद गरी स्थानीय समस्या संकलन गर्ने तथा पार्टीको एजेन्डा प्रस्तुत गर्ने उद्देश्यले उनीहरू गाउँ टोलमा पुगेका हुन् ।
यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा स्वतन्त्र उम्मेदवारका रूपमा चर्चा गरिएका बालेन शाह सहित अन्य राजनीतिक दलका प्रतिनिधिहरू पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसका कारण झापा–५ यतिबेला राष्ट्रिय ध्यानको केन्द्र बनेको छ ।
घरदैलोका क्रममा केही मतदाताले विगतमा पटक पटक मतदान गरे पनि स्थानीय विकासमा अपेक्षित सुधार नभएको गुनासो राखेका छन् । कतै इन्टरनेट सेवा कमजोर रहेको, कतै सडक तथा पूर्वाधार समस्याहरू समाधान नभएको उनीहरूको भनाइ छ । यस क्षत्रलाई विकास गर्नका लागी मतदाताले आग्रह गरेका छन् ।
उता स्वतन्त्र उम्मेदवारको पक्षमा रहेका मतदाताले नयाँ नेतृत्व र परिवर्तनको आवश्यकता औंल्याएका छन् । केहीले पुराना नेताहरूलाई निरन्तर अवसर दिनुपर्ने धारणा राख्दा, केहीले नयाँ विकल्प रोज्नुपर्ने बताएका छन् ।
यसरी झापा–५ मा दल र स्वतन्त्र दुवै पक्षको प्रभाव देखिएकाले वास्तविक मत परिणाम भने निर्वाचनपछि मात्रै स्पष्ट हुने देखिन्छ । यति वेला झापाका मतदाताले घरदैलोमा आएका नेता तथा कार्यकर्तालाई आफ्नो समस्या खुलेरै राख्न पाएका छन् । अव कुनलाई रोज्ने भन्ने बारे मतदाता अन्योलमै रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP