मिति २०४८साल भाद्र महिना १२ गते का दिन पिता ठाकुर प्रसाद घिमिरे र माता इस्वरी घिमिरेको कोखबाट भरतपुर १३ चितवन मा कान्छो सन्तानका रुपमा जन्मिएका सन्तोष हाल उनी अभिनय गरेको चलचित्र श्रीकृष्ण प्रर्दशनको तयारीमा जुटेको छ ।चलचित्रको चर्चा त छदैछ त्यो भन्दा जादा चर्चा सन्तोष घिमिरेको छ हाल रङ्गबजारमा । सारिरिक रुपमा ठिक भएनी उनको बोली स्पष्ट छैन ।चलचित्र हो अभिनय सँगै आवाज पनि चाहिन्छ । तर सत्तोष घिमिरेको हकमा चलचित्रमा उनको अभिनय मात्रै पाइन्छ ।
उनको अबस्था अनुसारको चलचित्रमा नायक का साथी अर्थात भगबान श्रीकृष्णाका सारथि भएर चलचित्रमा फरक पन थपेका छन । सम्भबत नेपाली चलचित्र इतिहासमा पहिलो पटक होला । आबाज नभएका कलाकार पनि चलचित्रमा मुख्य रुपमा अभिनय रहेको । सानै देखि खेलखुद र कलाकारितामा रुचि रहेका घिमिरेले अभिनय गरेको पहिलो चलचित्र हो । उनी सानै देखि मेला महोत्सबहरुमा नाच्ने कलादेखाउनी गर्थे । अबसर पाए जस्तो परिस्थितिमा पनि अभिनय गर्न र क्षमता देखाउन सकिन्छ उदाहरणमा परेका छन सत्तोष । भगबान श्रीकृष्णको जन्म सँगै राक्षस कंशको अन्त्यको कथा समेटिएको चलचित्र पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठान कास्कीले निर्माण गरेको हो । चलचित्रमा सन्तोष घिमिरेसँगै नवीन ढुङ्गाना , मिना भुलेज , शिब पराजुली , लगायत १०० जना भन्दा बढिको अभिनय रहेको चलचित्र निर्देशक कृष्ण प्रसाद गौतम ले गर्नु भएको छ । चलचित्रमा कृष्ण प्रसाद गौतम सँगै कृष्ण बहादुर बिश्बकर्मा, लक्ष्मी गुरुङ्ग , तुलसी अधिकारीको रहेको छ ।
नेपाल सरकारबाट सेन्सर पास भएको चलचित्र नेपालमा असारको अन्तिममा र बिदेशमा भने बेेैशाखबाट बिदेशमा देखाउनी युनिटले जानकारी दिएको छ । चलचित्र पोखराको श्रीकृष्ण चलचित्र घरमा प्रिमियर सो समेत गरि सकिएको छ । चलचित्र युनिट सगै सन्तोष घिमिरे ज्युलाई सफलता को शुभकामना। घिमिरेको आगामी यात्रा अजै सहज र सरल होस् | शुभकामना


