बिहिबार , भाद्र १८, २०८३
निजगढ एयरपोर्ट बन्छ भन्‍ने मन्त्रीहरुलाई मन्त्री आलेको प्रश्न : दाँत फुकालेर बन्छ ? – Deurali Khabar

२९ जेठ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थ मन्त्रालयले कम बजेट छुट्याएपछि आक्रोस व्यक्त गरेका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आलेले निजगढ विमानस्थलमा रोक लगाउने फैसला गरेर न्यायपालिकाले कार्यपालिकामा हस्तक्षेप गरेको भन्दै त्यसमा मन्त्रीहरुले समेत व्यवहारिक काम गर्न नसकेको बताए ।

मन्त्री आलेले भने, ‘बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ ? तर हामीले २६ करोड बजेट पाएका छौं । उनले एयरपोर्ट बन्छ भन्नेहरुलाई भन्न चाहन्छु, यस्ता कुरा नगरौं आजबाट ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियामा अहिलेसम्म ३ अर्ब र सो विमानस्थलाई जोड्ने काठमाडौं–मधेश फास्ट ट्रयाकका लागि २ खर्ब खर्च भइसकेको भन्दै मन्त्री आलेले मधेशलाई राजधानीसँग जोड्न नचाहने गरी सर्वोच्चको फैसला आएको टिप्पणी गरे ।

उनले भने, ‘मधेशी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था देख्दैछु मैले । मधेशलाई राजधानीसँग जोड्न नचाहने ? मधेशमाथि विभिन्न ठाउँबाट हस्तक्षेप भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP