बिहिबार , भाद्र १८, २०८३
देउवालाई दुई महामन्त्रीको सुझाव : एसपीपी सधैंका लागि बन्द होस् – Deurali Khabar

६,असार,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल आवद्ध हुन नसक्ने भनी पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापतिसमेत रहेका देउवालाई भेट गरी उनीहरुले राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा कहिल्यै सहभागी नहुने गरी पत्राचार गर्न सुझाव दिएका हुन् ।

‘एसपीपीको च्याप्टर क्लोज गर्ने हिसाबले सरकारले संस्थागत रुपमा धारणा बनाउनुपर्छ भनेर सुझाव दियौं’ महामन्त्री शर्माले अनलाइनखबरसँग भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी सेनाको एसपीपी कार्यक्रममा सहभािगताको विषयलाई लिएर नेपालमा विवाद छ । सरकारले भने एसपीपीमा सहभागी नहुने प्रतिवद्धता जनाएको छ ।

छलफलका क्रममा पार्टीको आन्तरिक विषयमा समेत कुराकानी भएको नेताहरुले बताएका छन् । नीति महाधिवेशन,केन्द्रीय समितिको बैठक, विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व चयन तथा पूर्णता दिने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP