मंसिर ४ पछिको सरकारको नेतृत्व पनि कांग्रेसले गर्छ : प्रकाशमान – Deurali Khabar

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।

आज काठमाडौंको नयाँबानेश्वरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सिंहले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताए ।

अब नागरिकको चाहाना अनुसारको शासन व्यवस्थामा सुधार, भ्रष्टाचार अन्त्य र विधिको शासन कायम गर्दै समृद्धि हासिल गर्ने उनले बताए । यी सबै काम कांग्रेस नेतृत्वको सरकारले मात्रै गर्न सक्ने सिंहले बताए ।

अबको निर्वाचनले मुलुकलाई राजनीतिक स्थायीत्व प्रदान गर्ने उनले बताए । अवसर पाउँदा कसले के गरिरहेको छ र कसले के गरेन भनेर लेखाजोखा गर्न पनि उनले मतदातालाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP