काठमाडौंको ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग – Deurali Khabar

काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी परिचालन सुरु गरेको छ ।  सवारी साधनको चाप धेरै हुने ठाउँमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको नगर प्रहरी बलका एसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

बुधबारबाट कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी र कलंकीलगायत ठाउँको ट्राफिक व्यवस्थापनमा नगर प्रहरी खटिएका छन् ।  उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागी उपत्यका बाहिर ट्राफिक प्रहरीलाई खटाएको छ । जनशक्ति अभाव भएपछि काठमाडौं उपत्यकामा जाम बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP