१५ महिनापछि बीए प्रथम वर्षको नतिजा सार्वजनिक – Deurali Khabar

३० कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले १५ महिनापछि बीए प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित गरेको छ । पनिकाले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।

लामो समयसम्म परीक्षाको नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीहरुले त्रिविले विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै चाँडो नतिजा सार्वजनिक गर्न दबाव दिएका थिए ।

पनिकाले भने कोभिडका बेला विद्यार्थीको पायक पर्ने स्थानमा परीक्षा सञ्चालन गर्दा उत्तर पुस्तिका जम्मा गर्न समय लागेको बताउँदै आएको थियो ।

पनिकाले परीक्षा सार्वजनिक गर्दै नतिजामा स्थगन/अनुपस्थित देखिएका परीक्षार्थीहरुलाई अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराई मंसिर १० गतेपछि पनिकाको मानविकी गोप्य शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP