‘देउवा अभिभावक भएर बस्नुपर्छ, नयाँलाई बाटो खोल्नुपर्छ’ – Deurali Khabar

१ मंसिर, काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापा हिजोआज बिहानदेखि राति अबेरसम्म घरदैलोमा नै हुन्छन् ।

मंगलबार राति सवा ११ बजे अनलाइनखबरको टोलीले भेट्दा उनी चुनावी छलफलमै व्यस्त थिए । मध्यरातमा पार्टीका २० भन्दा बढी उम्मेदवारका लागि मत माग्दै भिडियो क्लिप बनाउनुअघि उनी छोटो कुराकानी गर्न तयार भए ।

काठमाडौं-४ का उम्मेदवार थापासँग उनले आँटेको मिसन पीएम अभियान र चुनावको सन्दर्भमा अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानीको सम्पादित अंश:

मतदातालाई भेट्नुअघि अलिअलि डर थियो, भेटेर अन्तरक्रिया गरेपछि त्यो डर हराएको छ । मैले भेट्ने १०० मतदातामध्ये ९५ जनाले तपाईं अब संसदीय दलको नेता बन्नुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ भन्नुभएको छ । त्यहाँ गएर दायाँ-बायाँ गर्ने होइन नि भनी सतर्क गराउनुभएको छ । मतदातामा आक्रोश र निराशा हुँदाहुँदै पनि म बागडोर सम्हाल्छु भन्दा सद्भाव राख्नुभएको छ ।

पहिलेका चुनाव र अहिले के फरक पाउनुभयो ?

२०७० र २०७४ मा घरदैलो गर्दा मेरो उम्मेदवारीलाई लिएर उत्साह र सकारात्मकता थियो । अहिले पनि त्यो उत्साहमा रत्तिभर कमी छैन । तर जब म मतदातासँग अन्तरक्रिया गर्छु, तब थाहा हुन्छ कि उहाँहरूमा देशको स्थितिप्रति एकदमै आक्रोश छ । निराशा छ, एक खालको छटपटाहट छ, आश मर्दै गएको हो कि जस्तो देखिन्छ । अघिल्लो निर्वाचनमा यस्तो निराशा थिएन ।

२०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा संविधानसभा असफल होला कि भन्ने चिन्ता थियो, तर नागरिकले आशा मारेका थिएनन् । २०७४ सालको निर्वाचनका बेला अब देशमा राम्रै राम्रो हुन्छ भन्ने आशा देखिन्थ्यो । यो पटक धेरै मतदातामा एक प्रकारको आक्रोश देखिएको छ ।

तपाईंहरू त कानुन बनाउने ठाउँमा जान लागेको हो, तर मतदाताले विकासको अपेक्षा राखेका हुन्छन् । उम्मेदवारहरू पनि त्यसरी नै आश्वासन बाँड्छन् किन ?

दोस्रो जनआन्दोलनपछि हामी राजनीतिक दलहरूले मतदातासँग व्यवस्था बदल्छौं भनेर मत माग्यौं । शासन प्रणालीमा परिवर्तन ल्याएपछि अवस्थामा परिवर्तन हुने बतायौं । त्यतिबेला हामीले थिति बस्छ भनेर भन्यौं । संविधान बनेपछि हाम्रा समस्या समाधान हुने प्रतिबद्धता गर्‍यौं । त्यो चरण अहिले छैन । जनआन्दोलन, नयाँ व्यवस्था, संविधान सबै भयो । अब थिति बस्छ, नागरिकको जीवन सुधारिन्छ भन्ने ठाउँ बाँकी छैन ।

अर्कोतिर, स्रोत-साधनले सम्पन्न स्थानीय सरकार आइसक्यो । कतिपय अवस्थामा स्थानीय सरकारले गर्ने कामको भारी समेत संघीय सांसदलाई बोकाइदिने गरिएको छ । सांसदको काम, कर्तव्य, अधिकार के हो पटक्कै नहेर्ने प्रवृत्ति छ । पद्धति र प्रणालीको विषय गौण भएका छन्, तत्काल आफ्नो वरिपरि के हुने वा गर्ने भन्ने विषय नै प्रधान हुने गरेको छ ।

सांसदको दायित्व विधि निर्माणमा भन्दा स्थानीय मुद्दाहरूसँग जोडिने प्रवृत्ति झन्-झन् बढेकोे पाउँछु । हामीले पनि सांसदको भूमिका र स्थानीय जनप्रतिनिधिको भूमिका मतदातालाई बुझाउन सकेका रहेनछौं । बुझाउनतिर लाग्नुभन्दा पनि सकेसम्म त्यसलाई ढाकछोप गर्ने प्रवृत्ति उम्मेदवारहरूमा देखियो ।

यसपटक तपाईं आफ्नो चुनाव क्षेत्रबाहेक अन्यत्र प्रचारमा जानुभएको छैन, आफ्नै क्षेत्रमा बढी मिहिनेत गर्नुपरेकाले हो ?

चुनावलाई म जहिले पनि चुनौतीपूर्ण नै मान्छु । निर्वाचन सजिलो छ भन्दै प्रचारमा लागियो भने लय बिगि्रन्छ । २०७० र २०७४ सालमा पनि यस्तै मिहिनेत गरेको थिएँ । त्यो बेला निर्वाचन आयोगले प्रचारप्रसारमा दिएको समय धेरै थियो ।

यसपटक विगतको जस्तो अवस्था रहेन । पहिलो कुरा त, महामन्त्रीको जिम्मेवारीमा रहेकाले आफ्नो चुनाव क्षेत्रका कतिपय विषयलाई हेर्नका लागि समय अभाव रहृयो । अर्कोतिर, गठबन्धनका दलहरूबीच तालमेलको संख्या र मोडालिटी बनाउने कार्यमा अन्तिम दिनसम्म लाग्नुपर्‍यो । गठबन्धनमा सहमति बनिसकेपछि पार्टीको टिकट बाँड्न केन्दि्रत हुनुपर्‍यो । आफ्नो क्षेत्रमा धेरै ढिलो गरी मात्र समय दिन पाएँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP