बिहिबार , भाद्र १८, २०८३
देश सही दिशामा अघि बढिरहेको छ : नेम्वाङ – Deurali Khabar

४ मंसिर, इलाम । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले देश सही दिशातर्फ अघि बढिरहेको बताएका छन् । नयाँ संविधान जारी भएर दोस्रो पटक भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुनु भनेको देश सही दिशा तर्फ अघि बढिरहेको उनको भनाइ थियो ।

इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका नेम्बाङलेमहेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

निर्वाचनले संविधानको कार्यान्वयन र संघीयताको अभ्यास सफल बन्दै गएको भन्दै उनले यस्तो कार्यले देशलाई अग्रगमनतर्फ लैजाने र राम्रो निष्कर्षमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन अझै आवश्यक रहेको बताउँदै उनले निर्वाचित जनप्रतिनिधि र सरकारले देशलाई त्यस दिशातर्फ अघि बढाउनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP