आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु : गगन थापा – Deurali Khabar

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं– ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगन थापाले आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । मंगलबार बिहान निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै थापाले मतदाताले व्यक्त गरेको मनको कुरा पुरा गर्ने बताए ।

‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ,’ उनी भन्छन् ।
उनले अहिले जनताले  नेपाललाई हाक्ने नयाँ चालक खोजेको भन्दै त्यो चालक कांग्रेसभित्रै भएको उनको भनाइ छ । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP