जुम्लामा १० हजार मतगणना हुँदा ज्ञानेन्द्रलाई साढे ५५६९ मत, गठबन्धन ३२०९ मतान्तरले पछाडि – Deurali Khabar

कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्रबहादुुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले आफ्नो अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा तर्फ १० हजार ६५ मत गणना हुँदा  शाहीको पक्षमा ५ हजार ५६९ मत आएको छ भने उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा कुँवरले  २ हजार ३६० मत प्राप्त गरेकी छन् । शाही–कुँवरबीचको मतान्तर ३ हजार २०९ छ  ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका रतननाथ योगी १ हजार २९५ मतमा सीमित हुँदा नेमकिपाका डिल्ली प्रसाद काफ्लेले २२२ पाएका छन् ।

प्रदेश तर्फ (क) मा ७ हजार ३६४ मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रदेश सभापछि ललितजंग शाहीले २ हजार ९८ मत प्राप्त गरेका छन् भने उनी विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्रवहादुर शाहीले २ हजार ९४४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार शाहीले कांग्रेस नेता शाहीलाई ८४५ मतान्तरले पछि पारेका छन् ।

यहाँ पनि एमाले तेस्रो नम्बरमा छ ।  एमालेका धिरेन्द्रराज गिरीले १ हजार ७८५ मत सहित ललितजंगलाई पछ्याइरहेका छन् ।

नेमकिपाका राजेश्वर देवकाटाले २४२ मत प्राप्त गरेका छन् । यस्तै प्रदेश सभा (ख) तर्फ ५ हजार ५३० मत गणना हुँदा कर्णाली सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेका समाजवादीका पदमबहादुर रोकायाले २ हजार ३३ मत पाएर लिड गरिरहेका छन् ।
उनका प्रतिस्पर्धी एमालेका  टेकराज पछाईले १ हजार ८४७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP