प्युठानमा बेसार प्रशोधन केन्द्रका लागि जापानले सघाउने – Deurali Khabar

२३ मंसिर, काठमाडौं । जापान सरकारले प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण गर्ने र कृषि उपकरण उपलब्ध गराउने भएको छ । नेपालका लागि जापानका राजदूत किकुता युकाताले स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालसँग अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत रहेको यो परियोजनामा १ करोड नेपाली रुपैयाँ बराबरको वित्तीय अनुदान समावेश छ । यो परियोजनाले बेसारको उत्पादन, प्रशोधन र व्यावसायीकरणका लागि कृषि उपकरण र प्रशोधन केन्द्र स्थापनाको लागि सघाउने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

यो परियोजनाको व्यवस्थापन प्युठान नगरपालिका–८ का स्थानीय किसान र स्वयंसेवी नेपाल राष्ट्रिय समूहले गर्ने दूतावासले जनाएको छ ।

बेसारको बजारीकरण गर्न नसक्दा नेपाली किसानले मनग्ये आम्दानी गर्न सकिरहेका छैनन् । परियोजनाले बेसार उत्पादनको मात्रा बढाउनुका साथै जिल्लाका किसानको जीविकोपार्जनमा सुधार ल्याउने जापानी दूताावासले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP