तालाबन्दीको त्रासैत्रासमा त्रिभुवन विश्वविद्यालय – Deurali Khabar

नेपाल विद्यार्थी संघले ७ माघ २०७८ मा त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्‍यो । विभिन्न माग अघि सारेर नेविसंघको त्रिवि ईकाई कमिटीले तालाबन्दी गरेको थियो । त्यही बीचमा सेवा सुविधा विस्तार लगायतका माग अघि सारेर आंशिक प्राध्यापकहरू समेत आन्दोलनमा होमिए । र, उनीहरूले समेत तालाबन्दी गरे ।

तालाबन्दीपछि त्रिविका पदाधिकारी तथा कर्मचारीहरू कार्यालयमा आउने हाजिर गरेर दिनभर घाम तापेर विताए । लामो समय तालाबन्दी भएपछि त्रिविले बजेट समेत पास गर्न नसक्ने अवस्था आयो । पदाधिकारीहरू कार्यालयमा गएर काम गर्न सक्ने वातावरण भएन । विद्यार्थीलाई समेत कलेजमा गएर निर्वाध रूपमा पढ्न पाउने वातावरण बनेन । तालाबन्दी गरेको १ सय ४० दिनपछि नेविसंघले तालाबन्दी खोल्यो, त्यो पनि १५ दिने अल्टिमेटम दिएर ।

त्रिविको बजेट नै पास नहुने अवस्था आएपछि उनीहरू नेविसंघको केन्द्रीय कमिटी गुहार गर्न पुगेका थिए ।  अन्ततः २३ जेठ २०७९ मा नेविसंघको केन्द्रीय कार्यालयको निर्देशनमा तालाबन्दी खोलियो । तर, आंशिक प्राध्यापकहरूले लगाएको ताला भने यथावत थियो । पछि उनीहरूले पनि २७ जेठमा तालाबन्दी खोले ।

१५ दिने अल्टिमेटम दिएको नेविसंघले २८ असारबाट पुनः तालाबन्दी गरिदियो । प्रश्नपत्र हुबहु दोहोर्‍याएको लगायतका विषयलाई इस्यू बनाएर नेविसंघले तालाबन्दी गरेको थियो । उक्त तालाबन्दीमा नेकपा एकीकृत निकट विद्यार्थी संघ पनि थपियो । उसले त भिसी कार्यालय र रजिष्ट्रारको कार्यालयमा तोडफोड समेत गरेको थियो ।

त्यो बेला नेविसंघले मुल गेट खुल्ला गरेर रजिष्ट्रार कार्यालय, लेखा शाखा र कर्मचारी प्रशासन शाखामा तालबन्दी गरेको थियो । त्यस बीचमा वार्ताको माहोल बन्न सकेन । त्रिविका पदाधिकारीहरू त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेट्न पुगे । र, तालाबन्दी खोलेर सहज वातावरण बनाईदिन आग्रह गरे ।

तर १२ भदौमा नेविसंघले उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय र लेखाशाखाको चेकफाँटमा समेत तालाबन्दी गरिदियो । लामो समयदेखि तालाबन्दी रहेपछि अखिल क्रान्तिकारीले ताला फुटाईदियो ।

ताला फुटाएको भोलिपल्टै नेविसंघले पुनः तालाबन्दी गरिदियो ।

लामो समयदेखि तालाबन्दीको परिबन्लमा परेपछि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ अभियान सुरु गर्‍यो ।

संगठनले संघर्षका कार्यक्रमसमेत सार्वजनिक गर्दै विम्वात्मक रुपमा भदौ १५ देखि २२ गतेसम्म चौबीसै घण्टा विश्वविद्यालय खुल्ला राख्यो । सो कार्यक्रमअन्तर्गत कक्षाकोठाहरु खुल्ला राख्दै पढाई सुचारु गर्ने र सबै तहका कार्यकक्षहरु खुल्ला राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP