आजदेखि मेलम्चीको पानी वितरण – Deurali Khabar

२३ मंसिर, काठमाडौं । वर्षायाममा बन्द गरिएको मेलम्ची आयोजनाको खानेपानी वितरण शुक्रबार (आज)देखि पुनः सुरु गरिंदै छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट पानी वितरण सुरु गर्दैछन् ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार आजदेखि लगातार ६ महिनासम्म पानी वितरण गर्ने योजना छ ।

यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं उपत्यकामा वितरण गरिएको थियो । तर जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढी पहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मर्मत सम्भार गरेर २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी वितरण गरिएको थियो । वर्षा सुरु भएपछि पुनः बन्द गरेर अहिले हिउँदमा पानी वितरण थालिएको हो ।

यही मंसिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरिएको थियो । १९ गतेदेखि सुरुङमा पानी भर्न थालिएको थियो । केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको थियो । आज बिहान मन्त्री चौधरीले महाँकालचौरबाट पानी वितरण सुरु गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP