स्थानीय तहको क्षमता विकासमा लाग्न स्थानीय नेतृत्वलाई देउवाको आग्रह – Deurali Khabar

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा क्षमता विकासमा सघाउन स्थानीय तहका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।

राजधानीमा आज आइतबारदेखि सुरू भएको गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हाे । प्रधानमन्त्री देउवाले क्षमता विकास नहुँदा भ्रष्टाचार तल्लो तहसम्मै पुगेको बताउनुभयो ।

उहाँले स्थानीय तहमा भ्रष्टाचार न्यूनिकरण र दिगो विकास लक्ष्य अनुसार योजना तर्जुमा गर्न पनि आग्रह गर्नुभयो । सहज रूपमा शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका कामहरु गर्नुपर्ने समेत उहाँले बताउनुभयाे । त्यसतर्फ छलफल चलाउनु जरूरी रहेको उहाँले बताउनुभयो ।

सार्वजनिक प्रशासनको चुस्त कामले नै जनता समक्ष सेवा प्रवाह हुन सक्ने भन्दै उहाँले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP