आयोगले समानुपातिक सांसदको नामावलीमा आजबाट छानबिन गर्दै – Deurali Khabar

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको नामावलीमाथि छानबिनको काम आज (आइतबार) बाट सुरू गर्ने भएको छ।

यदि क्लष्टर नमिलेको भए सच्याएर फेरी पेश गर्न राजनीतिक दलहरुलाई आइतबार नै पत्राचार गर्ने आयोगले जनाएको हो । निर्वाचन आयोगमा दलहरुले समानुपातिक सांसदहरुको सूची शनिबार बुझाएका थिए । तर दलहरुले समानुपातिक सांसदहरुको बुझाएको सूची सच्याउन निर्वाचन आयोगले दुई दिनको समय समेत दिएको हो।

समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबारसम्म समय दिएको छ।आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ति नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ ।

दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP