एमाले अध्यक्ष ओली र माओवादी महासचिव गुरुङबीच भेटवार्ता – Deurali Khabar

२८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ ।

मंगलबार आफूले ओलीलाई चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएको महासचिव गुरुङले बताए । त्यस अवसरमा समसामयिक विषयमा सामान्य कुराकानी भएको उनको भनाइ छ ।

‘सरकार गठनको वैधानिक प्रक्रिया सुरु भएको छैन । त्यसकारण यसबीचमा हुने भेटघाट बधाई दिनेमै केन्द्रित हुन्छन्’ उनले अनलाइनखबरसँग भने ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई भेटेरै बधाई दिन महासचिव गुरुङलाई पठाएका हुन् । यसअघि एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP