जनताको गुनासो सुन्न सीके राउतको सक्रियता – Deurali Khabar

जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. सीके राउतले जनताको गुनासाको सम्बोधन गर्न सक्रियता लिएका छन् । राजविराजस्थित जनसम्पर्क कार्यालयमा राखिएको ‘जनआवाज पेटिका’मा आएको गुनासो अध्ययन गर्दै उनले समाधानको लागि पहल थालेका हुन् ।

शनिवार पेटिकमा आएका विभिन्न गुनासालाई अध्ययन गर्दै उनले सम्बन्धित व्यक्तिलाई आफैले सम्पर्क गरेका थिए । गुनासो गरेका व्यक्तिलाई फोन सम्पर्क गरेर आवश्यक जानकारीसहित समाधान गर्ने प्रयास गरिएको पार्टीका नेता एवं सप्तरी २ (ख) का प्रदेश सभा सदस्य महेश यादवले बताए ।

उनको अनुसार जनआवाज पेटिकामा हालसम्म ३५ देखि ४० वटा गुनासाहरु आएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारदेखि घरायसी झगडासम्मको गुनासो आएको नेता महेश यादवले बताए । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भएका सुविधाहरु नपाएको बारे पनि गुनासो आएको छ । त्यहाँका डाक्टरले समयमा उपचार नगर्ने, भएका सुविधा पनि विरामीलाई नदिने जस्ता गुनासो आएको उनले बताए ।

गहुँ छर्ने बेला भइसक्दा किसानले मल नपाएको गनुासो पनि आएको छ । विद्यालयमा पढाई नभएको, शिक्षकहरु समयमा विद्यालय नआएको जस्ता गुनासो आएको उनले बताए । अब गुनासोलाई समाधान गर्नका लागि विभिन्न समिति बनाउन लागिएको उनले बताए ।

स्वास्थ्य, शिक्षा, प्रशासन, कृषि, सञ्चारलगायत क्षेत्रका लागि छुट्टा छुट्टै समिति बनाउने र त्यसको अध्ययन गरि सम्बन्धित निकायबाट समाधान गराउन प्रयास गरिने उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP