बिहिबार , भाद्र १८, २०८३
सिद्धार्थनगरमा साँढे घिसारेको फोटो भाइरल, अनावश्यक हल्ला चलाइएको मेयरको दाबी – Deurali Khabar

रुपन्देही – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा साँढे घिसारेको फोटो भाइरल भएपछि मेयर इस्तियाक खानले यसबारे अनावश्यक हल्ला फैलाएको दाबी गर्नुभएको छ । भाइरल भएजस्तो घटना नभएको, तर यदि कोही दोषी देखिएमा कारबाही गर्ने उहाँको भनाइ छ ।

हिजो बेलुकी लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई घिसार्न लागेको फोटो सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । मेयर खानले भने फोटो भाइरल भएजस्तो घटना नभएको दाबी गर्नु भएको छ ।

‘हामीले छाडा पशुचौपायालाई व्यवस्थित गर्न एउटा गैरसरकारी संस्थासँगको समन्वयमा काम गर्दैछौँ, त्यही अभियान अन्तर्गत सडकमा त्यसै छोडिएका गाई गोरुलाई आश्रममा लैजान खोजिएको थियो । त्यसै क्रममा साँढे “हेभी” भएपछि बाँधेर बिस्तारै बिस्तारै लैजान खोज्दा सडकमा बसेको थियो । त्यही फोटो खिचेर अनावश्यक हल्ला चलाइयो’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार छाडा पशु चौपायाका कारण दुर्घटना बढेपछि उनीहरुको व्यवस्थापन र संरक्षणका लागि बुटवल आसपासको जङ्गलमा आश्रम बनाइएको छ । त्यहीँ आश्रममा गैर सरकारी संस्थाले यस्ता पशु चौपायाको संरक्षण गर्दै आएका छन्।

सिद्धार्थ नगरपालिकाका १ सय २५ वटा गाईगोरु गरी पनि यही आश्रममा लगेर राखिएको छ । तर, साँढेलाई लैजाने क्रममा समस्या भएको उहाँले बताउनुभयो । उहाँले घटनाबारे आफूले छानबिन गर्ने र दोषी पाइए कारबाही गर्ने बताउनु भएको छ । ‘कसैले पनि यसरी बाँधेर पशुलाई घिसार्दै लैजाँदैन, के भएको रहेछ हामी बुझ्दैछाैँ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP