पाइलटमाथि कुटपिट गर्नेलाई कारबाही गर्न वायुसेवा सञ्चालक संघको माग – Deurali Khabar

५ माघ, काठमाडौं । स्याङ्जाको वालिङमा हेलिकोप्टर पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न वायुसेवा सञ्चालक संघले माग गरेको छ ।

प्रभु हेलिकप्टर्स प्रालिको हेलिकोप्टर बिहीबार दिउँसो पोखराबाट उडेर स्याङ्जामा २ः२४ मा अवतरण गरेको थियो । यात्रुले दिएको जीपीएस कोर्डिनेट अनुसार हेलिकोप्टर वालिङको फुटबल मैदानमा अवतरण गरेको थियो । सो क्रममा क्याप्टेन रानेश डंगोलमाथि स्थानीय समूहले कुटपिट गरी घाइते बनाएको संघले जनाएको छ ।

वायुसेवा सञ्चालक संघले उक्त कार्यको भर्त्सना गरेको छ । जीउ ज्यानको प्रवाह नगरी अहोरात्र दुर्गम क्षेत्रका बासिन्दाको सेवामा खटिई सुत्केरी, बिरामीलगायत अन्य संवेदनशील मानवीय तथा विकास निर्माणमा संलग्न हुने क्याप्टेनमाथि कुटपिट हुनु निन्दनीय रहेको संघको भनाइ छ ।

बिहीबार भएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गराउन समेत संघले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP