बिहिबार , भाद्र १८, २०८३
विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भराउन समावेशी शिक्षा शाखाको निर्देशन – Deurali Khabar

९ फागुन, काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाले सामुदायिक विद्यालयहरुलाई विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भर्न निर्देशन दिएको छ ।

शाखाले आर्थिक वर्ष २०७९/०८० मा विपन्न लक्षित छात्रवृत्तिका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पीएमटी फारम भर्न तथा सम्बन्धित विद्यालयहरुले भराउन निर्देशन दिएको छ ।

शाखाले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रिया पुर्‍याई फारम भराउन अनुरोध गरेको छ ।

शाखाको अनुसार पीएमटी फारम फागुन १० गतेदेखि चैत ९ गतेभित्र विद्यार्थीलाई भराउन र चैत मसान्तभित्र विद्यालयले अपलोड गरिसक्नुपर्ने जनाएको छ।

निर्धारित म्याद भन्दापछि अपलोड भएका फारम मान्य नहुने सूचनामा उल्लेख गरेको छ । शाखाले स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइलाई सहजीकरण गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP