शुक्रबार , भाद्र १९, २०८३
स्कटल्यान्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य, सन्दीपको चार विकेट – Deurali Khabar

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१२ रन बनायो ।

स्कटल्यान्डका लागि जर्ज मुन्जले अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ९ चौंका र २ छक्काको सहयोगमा ६० रन बनाए ।

त्यस्तै म्याथ्यू क्रसले ४२ रन बनाउँदा बर्नान्डो मुलेनले ३१ रनको योगदान गरे । स्कटल्यान्डका काइल कोट्रेज र क्रिस्टोफर म्यकब्राइडले  २२–२२ रन जोडे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । त्यस्तै करण केसीले तीन विकेट लिँदा सोमपाल कामी र ललित नारायण राजवंशीले एकएक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै नेपाल अपराजित हुँदै सिरिजको अन्त्य गर्ने योजनामा छ । यता च्याम्पियन स्कटल्यान्ड पनि जित निकाल्दै लिग २ को अन्त्य गर्ने योजनामा छ ।

लिग २ मा च्याम्पियन स्कटल्यान्डले ३५ खेल खेल्दै ५० अंक छ । नेपालले २७ खेलबाट २४ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग

स्याङ्जा सहयोग समाजको समन्वयमा बाढी प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग


TOP