छक्कापञ्जा ४’ टिकटकमा लिक भएपछि ओएसआरले दियो साइबर ब्युरोमा उजुरी – Deurali Khabar

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’का भिडियो क्लिप्स टिकटकमा सार्वजनिक हुन थालेपछि फिल्मको डिजिटल अधिकार किनेको कम्पनी ओएसआरले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार ओएसआरले त्यस्ता क्लिप्स पोस्ट गर्नेको पहिचान खुलाइदिन र हटाइपाऊँ भन्दै निवेदन दिएको हो ।

ओएसआरका ओम अग्रवालले आफूहरुले महंगो मूल्यमा फिल्म किनेका कारण जसरी भएपनि पाइरेसी रोक्न निवेदन दिएको बताए । फिल्मका क्लिप्सहरु एकाएक टिकटक र युट्युबमा बाहिरिंदा व्यवसायलाई नै चुनौती भएकाले आफूहरुले साइबर ब्युरो गुहारेको उनको भनाइ छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले पनि टिकटकमा भिडियो पोस्ट रोक्नका लागि आफूहरुले चलचित्र संघसँग छलफल गर्ने बताए । ‘यसरी फिल्म लिक हुँदा हामीलाई मात्र होइन हलको व्यवसायमा समेत असर पर्छ,’ गिरीले अनलाइनखबरसँग भने । यसैबीच, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले टिकटकमा फिल्म पाइरेसी हुने विषयलाई आफूहरुले चलचित्र संघसँगको वार्तामा एजेण्डाको रुपमा प्रस्तुत गर्ने बताएका छन् ।

बक्स अफिसमा उछाल कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’लाई टिकटक र युट्युबजस्ता प्लेटफर्मलाई नियमन गर्नुपर्ने चुनौती थपिएको छ । शुक्रबारदेखि फिल्म रिलिज भएलगत्तै दर्शकले यी प्लेटफर्ममा एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स पोस्ट गरिरहेका छन् । महत्वपूर्ण दृश्य नै टिकटकमा बाहिरिंदा निर्मातालाई हैरानी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP