गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ म देखाउनेछु : पौडेल – Deurali Khabar

२५ फागुन, काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई नेकपा एमालेका सांसदहरुले पनि मत दिने विश्वास व्यक्त गरेका छन् ।

संसद भवन नयाँबानेश्वरस्थित निर्वाचनस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै पौडेलले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न सबैले सघाउने विश्वास व्यक्त गरे ।

राष्ट्रपति निर्वाचनमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

पौडेलले आफू राष्ट्रपति निर्वाचित भए उदाहरणीय बन्नेसमेत बताए । ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रका राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु, त्यो तपाईंहरुले देख्न पाउनुहुन्छ,’ उनले भने ।

बिगतका राष्ट्रपतिबाट भएका गल्ती नगर्ने र संविधानको संरक्षक भएर काम गर्ने उनले बताए ।

राष्ट्रपति पदको निर्वाचन आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुँदैछ । पौडेल भने निर्धारित समयभन्दा अगाडि नै निर्वाचनस्थलमा पुगिसकेका छन् । उनीसँग विभिन्न सांसदहरुले फोटो खिचाइरहेका छन् । कतिपयले फूल दिएर अग्रिम बधाई दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP